
अन्तरजातीय प्रेमकथामा निर्माण हुने फिल्म ‘जदौ’ की प्रमुख अभिनेत्रीमा नीति शाह अनुबन्धित भएकी छिन्। नीति र ‘जदौ’का निर्माता बीच शनिबार राजधानीमा औपचारिक सम्झौता भएको हो।
काजी लिम्बूको लेखन रहेको फिल्ममा यसअघि नै प्रमुख भूमिकामा मुकुन भुसाल अनुबन्धित भइसकेका छन्। सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माण रहने फिल्मका सह-निर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री छन्।
बुद्धि माझीको निर्माण व्यवस्थापन रहने फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुनेछ। बाबुल गिरीको संगीत रहने फिल्म दाङ र प्युठान जिल्लाका विभिन्न स्थानमा खिचिनेछ। फिल्मको प्युठानतर्फको निर्माण व्यवस्थापक लछुमन भण्डारी हुन्।
सिल्भर स्क्रिनकी प्रबन्ध निर्देशक बिमला भण्डारीले ‘जदौ’को निर्देशक, बाँकी कलाकार तथा प्राविधिकबारे केही दिनमै विस्तृत जानकारी सार्वजनिक गरिने जानकारी दिएकी छिन्।