र्‍यापर मनोज ओलीको नयाँ र्‍यापमा नेपाली समाजको यथार्थ चित्रण

0 Shares

र्‍यापर मनोज ओलीले नयाँ र्‍याप सार्वजनिक गरेका छन्, जसमा अहिलेको नेपाली समाजको यथार्थ जीवन्त रूपमा चित्रण गरिएको छ।

जुनसुकै ‘तन्त्र’ वा ‘वाद’ आए पनि धनी झनै धनी बन्दै गएका छन् भने गरिबको अवस्था झनै दयनीय बन्दै गएको यथार्थ र्‍यापमा प्रस्ट झल्किन्छ।

गणतन्त्र आएपछि गरिबका दिन फेरिन्छन् भन्ने आशमा राजनीतिमा लाग्नेहरू सत्ता पुग्दा पनि कुनै ठोस परिवर्तन नभएको वर्तमान अवस्थालाई र्‍यापमार्फत उजागर गरिएको छ।

राजनीतिक दलहरूले देखाउँदै आएका आश्वासनहरू र व्यवस्था फेरिए पनि अवस्था उस्तै रहनु र जनताको जीवनमा प्रभाव नपर्नुजस्ता विषयहरूलाई र्‍यापले प्रभावशाली ढंगमा प्रस्तुत गरेको छ।

अन्ततः, गरिब जनतालाई ढाल बनाएर गरिएको क्रान्तिपछि पनि उनीहरू एक छाक खान, न्यूनतम शिक्षा र स्वास्थ्य सुविधाबाट समेत वञ्चित भइरहेका यथार्थहरूलाई र्‍यापले उजागर गरेको छ।

र्‍यापको भिडिओमा मुुकुन भुसाल लगायतका कलाकारहरूको अभिनय रहेको छ भने निर्देशन निकेश खड्काले गरेका हुन्।

सम्बन्धित समाचार

सबै