0
Shares
‘जदौ’ फिल्ममा कलाकारहरूको लाइनअप क्रमशः बलियो बन्दै गएको छ। निर्माण टिमले हालै अभिनेत्री ऋचा शर्मालाई एक प्रमुख भूमिकामा अनुबन्धन गरेको छ।
यसअघि मुकुन भुसाल अनुबन्धित भइसकेका थिए भने केही दिनअघि नीति शाह पनि फिल्ममा आवद्ध भएकी छन्। निर्माण टिमका अनुसार अझै केही प्रमुख कलाकार अनुबन्धन हुन बाँकी छन्।
काजी लिम्बूको लेखन रहेको फिल्म ‘जदौ’लाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्दैछन्।
फिल्मका सहनिर्मातामा रामराजा सुवेदी, ओम चेम्जोङ, शान्ता तामाङ र नारायण शास्त्री रहेका छन्। बुद्धि माझीको निर्माण व्यवस्थापनमा बन्ने फिल्मको छायांकन भदौको पहिलो साताबाट सुरु हुने जनाइएको छ।
फिल्ममा अभिनेत्री ऋचा शर्मा अहिलेसम्मकै फरक भूमिकामा देखिने बताइएको छ।