विल्सन विक्रम राईको ‘मैझारो’मा धिरजसँग मिरुना

0 Shares

कलाकार विल्सन विक्रम राईको डेब्यू निर्देशनमा निर्माण हुन लागेको फिल्म मैझारोका लागि मुख्य कलाकारहरू तय भएका छन्। निर्माण पक्षले सोमबार अभिनेता धिरज मगरसँग औपचारिक रूपमा कागजी सम्झौता गरेको थियो।

अब, फिल्ममा अभिनेत्री मिरुना मगर पनि आवद्ध भएकी छन्। हालै मात्र ऊनको स्विटर सुपरहिट दिएर जारी २को छायांकन सम्पन्न गरेकी मिरुना अहिले जनै हराएको मान्छेको प्रचारमा व्यस्त छन्। त्यसै क्रममा अब उनी मैझारोको छायांकनमा जुट्ने तयारीमा छिन्।

धिरज र मिरुनाले यसअघि फिल्म कुस्तीमा पनि सँगै अभिनय गरेका थिए। उक्त फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन।

मैझारो फिल्मको कथा स्वयं विल्सन विक्रम राईले लेखेका हुन् भने छायांकन सौरभ लामाले गर्नेछन्। साउनको पहिलो साताबाट छायांकन सुरु हुने फिल्म इलाम र पाँचथरमा खिचिनेछ। फिल्मले पूर्वी पहाडको जीवनशैली, संस्कृति र सामाजिक यथार्थलाई चित्रण गर्ने लक्ष्य लिएको निर्माण टिमले जनाएको छ।

सम्बन्धित समाचार

सबै