नेपाली फिल्म ‘बाकस’को घोषणा

0 Shares

 गुरु पूर्णिमाको पावन अवसर पारेर नयाँ नेपाली फिल्म ‘बाकस’ को घोषणा गरिएको छ। **पिके इन्टरटेनमेन्ट प्रा.लि.**को ब्यानरमा निर्माण हुने यस फिल्मको निर्देशन नवीन पन्तले गर्नेछन्। पन्तले कथा लेखन पनि स्वयम गरेका छन्।

नेपाली परिवेशमा आधारित कथावस्तु बोकेको फिल्म ‘बाकस’ नेपाल र विदेश दुवै स्थानमा छायांकन गरिने तयारीमा छ। हाल फिल्मको स्क्रिप्ट लेखन कार्य अन्तिम चरणमा रहेको र चाँडै कलाकार तथा प्राविधिक चयन प्रक्रिया सुरु हुने निर्माण पक्षले जनाएको छ।

फिल्ममा शंकर अधिकारी ‘घायल’ र नारायण बस्नेतका गीतहरू समावेश हुनेछन्। तिहारपछि छायांकन सुरु गर्ने तयारीमा रहेको यो फिल्म २०८३ सालभित्र प्रदर्शन गर्ने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार

सबै