फिल्म ‘जदौ’ मा अभिनेता बिनोद न्यौपाने अनुबन्धित भएका छन्। यसअघि नै मुकुन भुसाल, नीति शाह र ऋचा शर्मा फाइनल भइसकेको यस फिल्ममा बिनोद रमाइलो र दर्शकलाई आकर्षित गर्ने पात्रको रूपमा देखिने जनाइएको छ।
जस्तोसुकै भूमिका निर्वाह गर्न सिपालु बिनोद न्यौपाने पछिल्लो समयका डिमाण्डेड अभिनेताहरू मध्ये एक मानिन्छन्।
काजी लिम्बूको लेखनमा आधारित यस फिल्मलाई सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्ट ले संयुक्त रूपमा निर्माण गर्न लागेका हुन्। फिल्मका सहनिर्माताहरूमा रामराजा सुवेदी, ओम चेम्जोङ, सुमित्रा देवकोटा र नारायण शास्त्री रहेका छन्।
बुद्धि माझी को निर्माण व्यवस्थापन रहेको फिल्मको छायांकन आगामी भदौको पहिलो साताबाट सुरु हुने तय भएको छ।
निर्माण संस्था सिल्भर स्क्रिन इन्टरटेन्मेन्ट की प्रबन्ध निर्देशक बिमला भण्डारी का अनुसार फिल्मका निर्देशक, बाँकी प्रमुख कलाकार र प्राविधिक टिम बारे केही दिनमै औपचारिक रूपमा जानकारी गराइनेछ।
फिल्मको छायांकन दाङ र प्युठानका विभिन्न स्थानहरूमा हुनेछ भने संगीत संयोजनमा बाबुल गिरी रहेका छन्।