‘एक्का तीन’मा पूजा एक्सन अवतारमा, अन्य दुई कलाकार को ?

0 Shares

गत वर्ष फिल्म ‘दान्भी’ निर्देशन गरेका निर्देशक रुपेश तामाङले नयाँ फिल्म ‘एक्का तीन’ निर्माणको घोषणा गरेका छन्।

सुमन गजमेरको लेखन रहने यो फिल्मलाई सन् २०२६ मा सार्वजनिक गर्ने तयारी गरिएको छ।

जुना फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्म एक्सन विधामा तयार हुँदैछ। हालै सार्वजनिक गरिएको थीम पोस्टरमा हेलिकप्टर, ठूलो विस्फोट र तीन पात्र देखिन्छन्—जसमध्ये दुई पुरुष र एक महिला छन्। तीमध्ये नायिका पूजा शर्मा मुख्य भूमिकामा रहने पक्का भइसकेको छ।

अन्य दुई पात्रको परिचय भने हालसम्म गोप्य राखिएको छ। पोस्टरमा ‘एक्का तीन – च्याप्टर १’ लेखिएको छ, जसले यो फिल्म श्रृंखलाबद्ध रूपमा अगाडि बढ्ने संकेत दिन्छ।

निर्देशक तामाङका अनुसार फिल्ममा एक्सन, सस्पेन्स र बलियो कथा रहनेछ। उनले अघिल्ला फिल्ममा भएका कमजोरी सच्याउँदै यो प्रोजेक्टमा नयाँ ऊर्जा दिने बताएका छन्। अहिले फिल्मको प्री–प्रोडक्सन तीव्र रूपमा चलिरहेको छ भने छायांकन छिट्टै सुरु हुने जनाइएको छ।

सम्बन्धित समाचार

सबै