‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा ८ जनाबीच प्रतिस्पर्धा हुने

0 Shares

नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’को फिनालेमा ८ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यु क्यान फ्लाई मोडलिङ एजेन्सी आयोजक रहेको शोको फिनालेमा एलिना चौधरी, एलेन थापा, गणेश क्षेत्री, इर्भान वीर सिंह कंशकार, प्राश्ना श्रेष्ठ, प्रतिष्ठा रिजाल, तृषा चेम्जोङ र जोस गरेट प्रतिस्पर्धी छन्।

कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपालमा मोडलहरूले अझ राम्रो ‘एक्सपोजर’ नपाइरहेका अवस्थामा उनीहरूलाई ‘एक्सपोज’को प्लेटफर्म दिन शोको आयोजना गरिएको बताइन्। स्वीकृति पनि १० वर्षदेखि मोडलिङमा सक्रिय छिन्।

‘म १० वर्षदेखि मोडलिङमा लाग्दा एक्सपोजर पाउनुपर्ने हुन्थ्यो। अहिलेका मोडलहरूले मोडलिङमा लाग्ने बित्तिकै एक्सपोजर पाइहाल्नुपर्ने भन्ने सोच बढेकाले यो रियालिटी शो निर्माण गरेका हौं,’ उनले भनिन्, ‘नेपालमा मोडलिङ इभेन्टहरू भए पनि मोडलले निरन्तरता दिएअनुसारको हाइप बनाउन सकेका छैनन्। त्यसैले हामी उनीहरूलाई अवसरको ढोका खोल्न चाहन्छौं।’

स्वीकृतिले फाइनलिस्टहरूको फ्यान फलोइङ राम्रो भएकाले शोमार्फत उनीहरूको आन्तरिक प्रतिभालाई बाहिर ल्याउन चाहेको खुलाइन्।

एजेन्सीका संस्थापक सम्शाद शाहले नेपालमा मोडलिङलाई धेरैले राम्रो नमानेको कारण युवाहरू विदेश गइरहेका बताउँदै, शोमार्फत ती युवाहरूलाई नेपालमै काम गर्न सकिन्छ भन्ने सन्देश दिन चाहेको बताए।

यसपटकको शोमा १८ जना सहभागी थिए। हरेक एपिसोडमा प्रतियोगी छाँटिँदै फिनालेका लागि ८ जना पुगेका हुन्। प्रतियोगिताको फिनाले आगामी बिहीबार होटल सोल्टीमा हुँदैछ।

प्रतियोगिताको उपाधि विजेताले ‘द फेस नेपाल’को ब्राण्ड एम्बासडरसँगै ७ लाख रुपैयाँ बराबरको उपहार, म्युजिक भिडियो, विज्ञापनमा मोडलिङको अवसरलगायत पुरस्कार प्राप्त गर्नेछन्।

सम्बन्धित समाचार

सबै