‘द फेस नेपाल भोल्युम ५’ को उपाधि जोस गरेट र तृषा चेम्जोङलाई

0 Shares

नेपालकै पहिलो र ठूलो मोडलिङ रियालिटी शो ‘द फेस नेपाल भोल्युम ५’ को पुरुषतर्फ जोस गरेट र महिलातर्फ तृषा चेम्जोङ विजेता बनेका छन्। राजधानीको होटल सोल्टीमा आयोजित ग्रान्ड फिनालेमा उनीहरूले यो उपाधि जितेका हुन्।

उपाधिसँगै दुबै विजेताले जनही ३ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्।

यू क्यान फ्लाई मोडलिङ एजेन्सीले आयोजना गरेको प्रतियोगितामा

  • गणेश क्षेत्री र एलिना चौधरी पहिलो रनरअप,

  • एलेन थापा र प्राश्ना श्रेष्ठ दोस्रो रनरअप,

  • इर्भान वीर कंशकार र प्रतिष्ठा रिजाल तेस्रो रनरअप बने।

कम्पनीकी प्रबन्ध निर्देशक स्वीकृति प्याकुरेलले नेपाली मोडलहरूले अब विदेश जानु नपरी नेपालमै आफ्नो प्रतिभा प्रदर्शन गर्न सकून् भन्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताइन्।
उनले भनिन्, “यो प्रतियोगितापछि नेपालमा जुन किसिमको हाइप आएको छ, विजेताले जुन स्तरको एक्सपोजर प्राप्त गर्नुभएको छ, त्यो देख्दा हामी सन्तुष्ट र खुशी छौं।”

एजेन्सीका संस्थापक सम्शाद शाहले यो प्रतियोगिता नेपाली मोडलहरूका लागि उपयुक्त प्लेफर्म बनेको बताए।

सम्बन्धित समाचार

सबै