गायिका रानु निरौलाको नयाँ गीत ‘चोली ढाका’ सार्वजनिक

0 Shares

 पूर्वेली लोकसंगीतमा आफ्नै विशिष्ट पहिचान बनाएकी गायिका रानु निरौलाले नयाँ लोक दोहोरी गीत ‘चोली ढाका’ सार्वजनिक गरेकी छिन्। गीत मेला डिजिटलको युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

पूर्वेली लयमा आधारित कर्णप्रिय यो गीतमा रानु निरौलालाई महेश मुखिया सुनुवारले पुरुष स्वरमा साथ दिएका छन्।

गीतमा महेशको संगीत, सहदेब कालीकोटेको शब्द र आदेश गुर्मछानको संगीत संयोजन रहेको छ।
गीत मेला रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो, जसमा सुवास कुथुमी राईले रेकर्डिङ, मिक्सिङ र मास्टरिङको जिम्मा सम्हालेका छन्।

गीतजस्तै नृत्यप्रधान म्युजिक भिडियोमा विजय पुन र रमाला लिम्बु शीर्ष मोडलका रूपमा देखिएका छन्।

भिडियोको छायांकन महेश महरा, कोरियोग्राफी साइमन राजवंशी, सम्पादन तथा रंग संयोजन अर्जुन खड्काले गरेका छन्।
भिडियोको निर्देशन जीवन शाहीले गरेका हुन् भने समीर राईले व्यवस्थापन र सूर्य ओलीले निर्माण नियन्त्रणको भूमिका निर्वाह गरेका छन्।

‘चोली ढाका’ले नेपाली लोकसंगीतमा आधुनिक स्वाद र परम्परागत भावलाई एकसाथ प्रस्तुत गर्ने प्रयास गरेको देखिन्छ।

सम्बन्धित समाचार

सबै