
तीजको अवसरलाई लक्षित गर्दै नयाँ गीत ‘बामरी बसायो’ आज सार्वजनिक गरिएको छ। रचना रिमालको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायिकाहरू रचना रिमाल, इन्द्रकला राई र एलीना चौहानको स्वर रहेको छ।
गीतका शब्द तथा संगीत दीपक शर्माले तयार गरेका हुन् भने नरेन्द्र वियोगीले संगीत संयोजन (एरेन्जमेन्ट) गरेका छन्। गीत Wave Nepal स्टुडियोमा रेकर्ड गरिएको हो।
भिडियोमा रचना रिमाल, इन्द्रकला राई, एलीना चौहानसँगै अनु्पा बिष्टको अभिनय देख्न सकिन्छ। गीतको भिडियो गम्भीर बिस्टले निर्देशन गरेका हुन् भने कोरियोग्राफी सुरेन्द्र बस्यालले गरेका छन्। छायांकन नवराज उप्रेतीले, सम्पादन तथा कलर ग्रेडिङ मिलन विश्वकर्माले गरेका छन्।
परम्परागत तीज भावनालाई आधुनिक प्रस्तुति र आकर्षक नृत्यसहित भिडियोमा समेटिएको छ। तीन चर्चित गायिकाको संयुक्त स्वरले गीतलाई ऊर्जा र उत्सवमय बनाएको छ। ‘बामरी बसायो’ तीज पर्वको उमंगलाई झल्काउने, रमाइलो नाचगान र बहसले भरिएको गीतका रूपमा दर्शकसामु आएको छ।