
आगामी श्रावण १६ गते धरान रंगशालामा भव्य सांगीतिक कार्यक्रम ‘त्रिगुट म्युजिकल नाइट’ आयोजना हुने भएको छ। हश क्रिएशन्स, दृश्य: सि द अनसिन र इफ्लिक्स इन्टरटेन्मेन्ट युकेको संयुक्त आयोजनामा कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ।
कार्यक्रममा स्वर, रकहेड्स, र दि फिरन्ते जस्ता लोकप्रिय ब्यान्डहरूले आफ्ना चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। साथै, भ्वाइस अफ नेपालका चर्चित गायकहरू सार्थक लामा र प्रमेश राईको पनि विशेष प्रस्तुति रहनेछ।
धरानका स्थानीय ब्यान्डहरू आस्था एण्ड द ब्रदर्स, दि क्राइसिस, र दि एलाइजले समेत प्रस्तुति दिने भएपछि कार्यक्रम अझै आकर्षक बन्ने देखिन्छ।
कार्यक्रमका आयोजक आकाश रावलले ‘त्रिगुट म्युजिकल नाइट’ अघिल्ला कन्सर्टभन्दा फरक हुने बताउँदै VIP, Fanpit र General Zone स्पष्ट रूपमा छुट्याइएको जानकारी दिए। उनले सम्पूर्ण सुरक्षा र व्यवस्थापन तयारी पूरा भएको उल्लेख गरे।
धरानसहित आसपासका क्षेत्रबाट समेत दर्शकको उपस्थिति हुने अपेक्षा गरिएको यो कन्सर्ट संगीतप्रेमीहरूका लागि अविस्मरणीय अनुभव बन्ने आयोजकहरूको विश्वास छ।