‘चोर्‍यो मायाले’ सार्वजनिक, नारायण गजमेर र शान्ति श्री परियारको स्वर

0 Shares

दिपकराज विश्वकर्माको शब्द तथा संगीतमा तयार पारिएको ‘चोर्‍यो मायाले’ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा गायक नारायण गजमेर र गायिका शान्ति श्री परियारको सशक्त स्वर रहेको छ।

माया, प्रेम र धोकाको भावनालाई मुख्य विषय बनाइएको गीतको म्युजिक भिडियो पनि विश्वकर्माले नै निर्देशन गरेका छन्। भिडियोमा उनीसँगै मोडल आश्मा विश्वकर्मा र बिजु पाकीको अभिनय देख्न सकिन्छ।

भिडियोको सम्पादन दिनसन शाहले गरेका हुन्। गीत नारायण गजमेरको अफिसियल युट्युब च्यानल ‘नारायण गजमेर’ मार्फत सार्वजनिक गरिएको हो।

सम्बन्धित समाचार

सबै