५ देशमा ट्रेन्डिङ गर्दै पलको ‘मोहर’को ट्रेलर

0 Shares

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको फिल्म ‘मोहर’को ट्रेलरलाई सार्वजनिक भएको २४ घन्टामै साढे ४ लाख भन्दा बढी भ्यूज युट्युबमा मिलेको छ।

फिल्मको ट्रेलर सार्वजनिक भएको केही घन्टामै नेपालसहित ५ देशमा युट्युबको ट्रेन्डिङमा समेत परेको छ।

युट्युबको मुभी ट्रेलर सेक्सन अन्तर्गत यो फिल्मको ट्रेलर नेपालमा २ नम्बरमा छ। यस्तै, मलेसियामा १७, जापानमा २७, यूएइमा १८, कतारमा ५ नम्बरमा यो ट्रेलरले ट्रेन्डिङ गरिरहेको छ।

२० हजार बढी लाइक पाएको ट्रेलरले ३ हजार ४ सय भन्दा बढी प्रतिक्रिया युट्युबमा पाएको छ। अधिकांश प्रतिक्रियाहरु सकारात्मक छन्। दर्शकहरुले अपेक्षा गरेको भन्दा उत्कृष्ट ट्रेलर आएको बताएका छन्।

चुम्बन जंग शाही निर्माता रहेको फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ। फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, लक्ष्मी गिरी, रवीन्द्र झा, सारा शर्मा लगायतका कलाकारहरुको अभिनय छ।

साउनको २३ गतेबाट रिलिजमा आउने यो फिल्मले देउकी प्रथाको कथा भन्छ। फिल्मको ट्रेलरमा प्रेम, विछोड, सस्पेन्स, थ्रील समावेश छ। साथै, फिल्मले दर्शकलाई भावनामा बगाउने समेत देखिन्छ।

सामाजिक संजाल टिकटकमा पनि फिल्मको ट्रेलरले उत्कृष्ट समीक्षा पाइरहेको छ। फिल्मको ट्रेलरले पाएको सकारात्मक प्रतिक्रिया र दर्शकको उत्साहका कारण बक्स अफिसमा फिल्मले सुखद कमाई गर्ने अपेक्षा गर्न सकिन्छ।

सम्बन्धित समाचार

सबै