स्थापनाका लागि भएको आन्दोलनको घटनामा आधारित नेपाली कथानक चलचित्र जनक्रान्ति निर्माण गरिने भएको छ।
शनिवार उक्त चलचित्रको पहिलो पोस्टर गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक गरेका छन्।
पोस्टर सार्वजनिकपछि बोल्दै प्रचण्डले चलचित्र युवा पुस्तालाई गणतन्त्र स्थापनाका लागि भएको संघर्ष र गणतन्त्र स्थापना पछिको सामाजिक, राजनीतिक, आर्थिक अवस्था बारे जानकारी दिन र लिन सहयोगी हुने विश्वास व्यक्त गरे।
हिजोको समाजको अवस्था बारे युवा पुस्तालाई जानकारी दिन आवश्यक रहेको उनको भनाइ थियो।
रुद्राक्ष फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको नेपाली कथानक चलचित्र जनक्रान्ति को निर्देशन उपेन्द्र तिमिल्सिना ले गर्नेछन्। भदौ दोस्रो सातादेखि चलचित्रको छायांकन सुरु गरिने निर्माण पक्षले बताएको छ।
जनक्रान्तिको प्रदर्शन मिति फागुन १ का लागि तय गरिएको निर्माता रुद्र प्रसाद खनाल ले जानकारी दिए।
चलचित्रमा गणतन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनहरूको पृष्ठभूमिको कथा समेटिएको निर्देशक तिमिल्सिना ले बताए।
सत्य घटनामा आधारित हुने चलचित्र नयाँ पुस्ताका युवाहरूका लागि नेपालको राजनीतिक घटनाक्रम बुझ्न सहज हुने निर्माण पक्षले बताएको छ।
चलचित्रको छायांकन पश्चिम नेपालको रुकुम, रोल्पा, जाजरकोट, जुम्ला, कालिकोट, बाँके, बर्दिया र पूर्वी नेपालको धनकुटा, खोटाङ, भोजपुर तथा तराई-मधेशको सर्लाही मा गरिने छ।
