आस्थाले लिएर आइन् बोल्ड गीत ‘कम्मरै भाँचेर ’

0 Shares

गायिका आस्था राउतको नयाँ गीत ‘कम्मरै भाँचेर ’ सार्वजनिक भएको छ। आस्थाले उक्त गीत आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेकी हुन्।

डान्सिङ शैलीको यो गीतले “खुसी र सुखी भएर जिउनुपर्छ” भन्ने सन्देश दिन्छ। जीवनलाई हास्दै, गाउँदै र नाच्दै बिताउन प्रेरित गर्ने गीतले मनको रहर साँचेर राख्नु होइन, पूरा गर्नुपर्छ भन्ने सन्देश दिन्छ।

साथीसंगीलाई हासेर बोल्न र बाँच्न प्रेरित गर्ने यस गीतले सुख-दुःख नै जीवनको यथार्थ भएको कुरालाई उजागर गर्दै दुःख भुलेर अगाडि बढ्न हौसला दिन्छ।

गीतको भिडियोमा आस्मा विश्वकर्माको बोल्ड नृत्य देख्न सकिन्छ। उल्लेख्य कोरससहित निर्माण गरिएको भिडियो आकर्षक र स्तरीय बनेको छ। शान थापाको निर्देशन रहेको भिडियोको कोरियोग्राफी रोशन बिकले गरेका हुन्।

“गीतजस्तै भिडियो पनि उत्कृष्ट बनेको छ। हामीले गीत र भिडियो मेकिङमा कुनै सम्झौता गरेका छैनौँ,” आस्था भन्छिन्, “यो सदाबहार गीत हो, तर विशेष गरी तीजमा पनि ‘कम्मर मर्काएर’ नाच्न र गाउन मिल्ने खालको गीत हो।”

उनका अनुसार गीतले महिलालाई खुलेर जिउन र सुखी हुन प्रेरणा दिन्छ।

सम्बन्धित समाचार

सबै