बिनिता खनालको नयाँ गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक

0 Shares

हिन्दू नारीहरूको महान चाड हरितालिका तीजको अवसरमा नयाँ तीज गीत ‘दर बनाइराछिन् आमा’ सार्वजनिक गरिएको छ। गीत नेपमेलो को आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सांगीतिक र सांस्कृतिक भाव बोकेको यस गीतमा शब्द बिनिता खनालको रहेको छ भने संगीत संयोजन चर्चित संगीतकार तारा प्रकाश लिम्बुले गरेका छन्। गीतमा लोकप्रिय गायिकाहरू मेलिना राई र अनु चौधरीको स्वर रहेको छ।

गीतको भिडियो पक्षमा पनि सशक्त टिम देखिएको छ। भिडियोमा मोडेल आश्मा विश्वकर्मा र अलिशा शर्मा फिचर्ड छन्, जहाँ उनीहरूले आमाले दर बनाइरहेको तीजको रमाइलो क्षणलाई सम्झिंदै नृत्य गरेका छन्।

भिडियोको निर्देशन तथा कन्सेप्ट शान थापाको रहेको छ भने राजिव सम्मरले कोरियोग्राफी र अर्जुन तिवारीले छायांकन गरेका छन्।

रचनाकार बिनिता खनालले यसअघि पनि थुप्रै लोकधर्मी गीतहरू प्रस्तुत गरिसकेकी छन्। विशेषगरी उनको ‘पदमबिनी’ एल्बमले श्रोतामाझ राम्रो लोकप्रियता कमाएको थियो।

निर्माण पक्षका अनुसार, यो गीतले यस वर्षको तीजलाई अझ उल्लासमय, हर्षोल्लास र सांस्कृतिक उत्सवको रूपमा स्मरणीय बनाउन सहयोग पुर्‍याउनेछ।

सम्बन्धित समाचार

सबै