टिकटक स्टार आयुष सिंह ठकुरीले फिल्म खेल्ने पक्का , गर्ने भए ‘राम नाम सत्य’बाट डेब्यू

0 Shares

 निर्देशक माइकल चन्दको निर्देशनमा तयार हुन लागेको फिल्म राम नाम सत्य मा टिकटकमार्फत चर्चामा आएका कन्टेन्ट क्रिएटर आयुष सिंह ठकुरीले अभिनय डेब्यू गर्ने भएका छन्। आज निर्माणपक्ष र आयुषबीच औपचारिक कागजी सम्झौता भएको हो।

फिल्म साइन गरेपछि आयुषले मिडियासँग भने, “मलाई थुप्रै फिल्मको अफर आइरहेका थिए। तर, राम नाम सत्यको कथा सुनेपछि यही फिल्मबाट डेब्यू गर्ने निर्णय लिएको हुँ। मेरो भूमिका पावरफुल छ, त्यसैले साइन गरेको हुँ।”

निर्देशक माइकल चन्दका अनुसार आयुषले केही महिनाअघिदेखि नै फिल्मको तयारी गरिरहेका छन्। “हामीबीच सहमति भएपछि उनलाई एक्सन तालिम दिइएको छ। अहिले उनी अभिनय कोर्स पनि सुरु गर्दै छन्,” चन्दले बताए।

फिल्म साउन २९ गते शुभसाइत गरेर छायांकनमा जाने तयारीमा छ। निर्माण टिमका अनुसार फिल्म एक्सन, सस्पेन्स र प्रेमकथाको मिश्रण हुनेछ।

यसअघि नै विराज भट्ट, सुशिल श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, अर्पण थापा, सुनिल थापा, दिनेश डीसी, रवि गिरी लगायतका कलाकारहरू फाइनल भइसकेका छन्। अब एक प्रमुख अभिनेत्री चयन गरेपछि कलाकारको लाइनअप पूरा हुने निर्माणपक्षले जनाएको छ।

फिल्मका निर्माता उपेन्द्र शाही र स्वेता विमली हुन्। किशोर भट्ट र डा. डीआर उपाध्याय सह–निर्माताका रूपमा रहने फिल्ममा सञ्जय लामाले छायांकन गर्नेछन्। तेज विक्रम केसी हेड अफ प्रोडक्सन र नविन जंग शाह प्रोडक्सन कन्ट्रोलर रहनेछन्।

अर्जुन पोखरेल र बाबुल गिरीको संगीत रहने फिल्म माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुनेछ। छायांकन काठमाडौं, चितवनलगायत स्थानहरूमा गरिनेछ।

सम्बन्धित समाचार

सबै