‘जनै हराएको मान्छे’मा मिरुना मगरको आवश्यक्ता र औचित्य के ?

0 Shares

नेपाली फिल्म उद्योगमा मिरुना मगरलाई भाग्यमानी नायिका भन्न सकिन्छ। किनभने तुलनात्मक रूपमा उनका फिल्महरू असफलभन्दा सफल धेरै रहेका छन्।

सुरुका केही फिल्मलाई छोड्ने हो भने, मिरुनाले स्थापित भएपछि लगातार हिट फिल्महरू दिएकी छन्। ‘कबड्डी ४: द फाइनल म्याच’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ उनका हिट फिल्म हुन्, जसले सफलताको ह्याट्रिक बनाए।

‘रङ्गेली’ र ‘मनसरा’ तुलनात्मक रूपमा कमजोर देखिए पनि त्यसपछि आएका ‘घरज्वाइँ’ र ‘ऊनको स्वीटर’ पुनः सफल भए। अब, ‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ रिलिज हुँदैछ, जसले मिरुनाका लागि दोस्रो पटक ह्याट्रिक बनाउने सम्भावना बोकेको छ।

“यसअघि सफल फिल्ममा काम गर्दा जस्तो पोजेटिभ भाइब्स आउँथ्यो, यो फिल्म गर्दा पनि त्यही महसुस भइरहेको छ,” मिरुना भन्छिन्, “त्यसैले दर्शकको मन छुनेमा विश्वस्त छु।”

‘जनै हराएको मान्छे: सम्बन्धका धागाहरू’ फिल्म भदौ ६ गते रिलिज हुँदैछ। हिमाल न्यौपाने निर्देशित फिल्मका एसोसिएट निर्देशक हुन्, ‘प्रेमगीत ३’ का अभिनेता मनिष राउत। निर्देशक राउत भन्छन्, “फिल्मले निम्न र मध्यम वर्गीय नेपालीहरूको समस्या उजागर गर्छ। दर्शकको मन र रुचिअनुसार तयार भएको यो फिल्म सम्पूर्ण वर्गको प्रतिनिधि कथा बन्नेछ।”

राउत थप्छन्, “हाम्रो केही न केही हराएको हुन्छ – वस्तु, सम्बन्ध वा अस्तित्व। यो कुनै जाति या समुदाय विशेषको मात्र नभई सबै नेपालीको साझा कथा हो। यही कारण मिरुनालाई फिल्ममा जोडिएको हो।”

फिल्ममा मिरुना मगरसँगै विजय बराल, केकी अधिकारी, सुशांक मैनाली, गौरव पहाडी, भोलाराज सापकोटा, रियर राई, तारा शर्मा, भावना खपांगी मगर, रुपेश लामा र सुमन थापालगायत कलाकारको अभिनय रहेको छ।

पेपरक्लिप ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता हुन् कमल न्यौपाने र विमल न्यौपाने। कार्यकारी निर्माताहरूमा नारायण तिमिसिना, चुडामणि सिवाकोटी, आरके मानन्धर, सिआर बस्नेत, फिलिप डिसी र जेम्स महाराजन रहेका छन्।

फिल्ममा थानेश्वर गौतम, अर्जुन पोखरेल, एसडी योगी र प्रसान्त सिवाकोटीको संगीत, नवीन गुरुङको छायांकन र कृष्ण परियारको सिनेमाटोग्राफी रहेको छ।

कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन्। दिनेशबहादुर राउत मुख्य सहायक निर्देशक छन् भने तर्कराज न्यौपाने, रवीन्द्र नेपाल, मोनिका थापा र आकाश केसी सहायक निर्देशकका रूपमा संलग्न छन्। निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्।

गोविन्द शाहीको काफिया फिल्म्सले वितरणको जिम्मा लिएको यो फिल्म विजय बरालको ‘पूर्णबहादुरको सारंगी’पछि मुख्य भूमिकामा देखिने पहिलो फिल्म हो।

सम्बन्धित समाचार

सबै