फिल्म ‘सिटामोल’को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक

0 Shares

 प्रदर्शनको संघारमा रहेको फिल्म *‘सिटामोल’*को नयाँ गीत ‘रातो पछ्यौरी’ सार्वजनिक गरिएको छ। आगामी साउन २३ गते देशभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको फिल्मको प्रचार तीव्र बनिरहेका बेला निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो।

गीतमा अञ्जना खतिवडा र रवि ओडको स्वर रहेको छ भने बाबुल गिरीले शब्द, संगीत र एरेञ्जमेन्ट गरेका छन्। मौलिक नेपाली संस्कृति झल्काउने गीतले फिल्मको कथा भावलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।

यसअघि सार्वजनिक गरिएको फिल्मको ट्रेलरले दर्शकबाट निकै सकारात्मक प्रतिक्रिया पाएको थियो। ट्रेलरमार्फत नेपाली समाजमा विद्यमान गरिबी, बेरोजगारी, पारिवारिक झमेला र सरकारी उदासिनतालाई हास्यव्यङ्ग्य शैलीमा प्रस्तुत गरिएको छ, जसले दर्शकको ध्यान तानेको छ।

गीत र ट्रेलरसँगै सार्वजनिक पोस्टरले पनि फिल्मप्रति चासो बढाएको देखिन्छ।

राजबहादुर साने निर्देशित फिल्ममा सौगात मल्ल र बेनिशा हमाल मुख्य भूमिकामा छन्। साथै श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, लोकेन्द्र लेखक, भूगोल कार्की, हिउँवाला गौतम, सुशील पोखरेल, दिनेश रेग्मी, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, साथै बाल कलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डि.सी. को अभिनय पनि रहनेछ।

श्रीकृष्ण र जानुकाले यही फिल्मबाट नेपाली रजतपटमा डेब्यु गर्दै छन्।

तुल्सी देवी फिल्म प्रा.लि. को निर्माण र जुनतारा फिल्म्सको सहकार्यमा बनेको फिल्म *‘सिटामोल’*को कथा प्रदीप भण्डारी र निर्देशक राजबहादुर सानेले लेखेका हुन्।

फिल्ममा सिमोस सुनुवारको प्रस्तुति, भूगोल कुमार कार्की र विकास राज जोशीको निर्माण, अप्सरा नेपाली, अजय मल्ल र कुमार केसीको कार्यकारी निर्माण तथा गंगाराम श्रेष्ठको सह-निर्माण रहेको छ।

सम्बन्धित समाचार

सबै