फिल्म मेकर्स प्रा.लिको ब्यानरमा चुम्बन जंग शाहीको निर्माण रहेको फिल्म ‘मोहर’को बुकिङ देशभरका प्रमुख मल्टिप्लेक्सहरूमा खुलाइएको छ।
केही हलहरूले मंगलबारदेखि नै बुकिङ खुलाएका छन् भने केहीले आज (बुधबार) बाट बुकिङ सुरु गरेका छन्।
यो फिल्मलाई इलाइट सिनेमा इटहरीमा ४ शो, बिग मुभिजमा २ शो, क्यूएफएक्स छायामा २ शो, आईएनआई सिनेमाज लोत्सेमा ३ शो, आईएनआई सिनेमाज बाँनेश्वरमा ३ शो, वान सिनेमाज नयाँ बाँसेश्वरमा ४ शो, वान सिनेमाज कालिमाटीमा २ शो प्राप्त भएको छ।
त्यस्तै, फिल्मलाई एफक्यूब हलमा ३ शो, क्यूएफएक्स राइजिङ मलमा १ शो, बीएसआर मुभिज गंगबुमा ३ शो, क्यूएफएक्स भक्तपुरमा २ शो, क्यूएफएक्स ट्रेड मल पोखरामा ३ शो, क्यूएफएक्स जलमाले २ शो, क्यूएफएक्स सिजी मल चितवनमा २ शो, कावासोती सिनेमाजमा ३ शो, म्याङ्गो जनज्योती पर्सामा २ शो, क्यूएफएक्स बुटवलमा २ शो, क्यूएफएक्स एपेक्स मल दमौलीमा २ शो, क्यूएफएक्स विराटनगरमा १ शो, क्यूएफएक्स विर्तामोडमा २ शो, पाथिभरा सिनेप्लाजा विर्तामोडमा २ शो, एसटीसी सिनेमामा २ शो, सीडीसी सिनेमाज सुन्धारामा ४ शो प्रदान गरिएको छ।
यसैगरी, क्यूएफएक्स लाबिम मलमा २ शो, क्यूएफएक्स सिभिल मलमा ३ शो, क्यूएफएक्स दरबारमा १ शो, क्यूएफएक्स सिटी स्वायरमा ३ शो, क्यूएफएक्स बागेश्वरीमा २ शो प्राप्त भएको छ।
अझै धेरै मल्टिप्लेक्सहरूले शो तालिका खुलाउन बाँकी रहेकाले फिल्मले थप राम्रो शोहरू पाउने सम्भावना देखिएको छ।
ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा पल शाह, नीति शाह, बेनिशा हमाल, अर्जुन जंग शाही, लक्ष्मी गिरी, सारा शर्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
फिल्म ‘मोहर’का गीत, संगीत र ट्रेलरले दर्शकको उल्लेखनीय साथ पाइसकेकाले बक्स अफिसमा उत्साहजनक ओपनिङको अपेक्षा गरिएको छ।
फिल्मले देउकी प्रथाको कथा प्रस्तुत गर्छ।