केक र बेकरी आइटमका पारखीहरूका लागि नेपालमा बेन्टो केकरी खुलेको छ।
भारतमा निकै सफल रहेको बेन्टो केकरीको पहिलो नेपाल आउटलेट कुपण्डोलमा खोलिएको हो। भारतमा अनुभवी उद्यमी अङ्कुर मस्कराले यो केकरीको सुरुवात गरेका हुन्।
२०२४ मा खुलेको यो ब्रान्डका १२५ भन्दा बढी आउटलेट बुक भइसकेका छन् भने ६० भन्दा बढी स्टोरहरू भारतमा सञ्चालनमा रहेका छन्। नेपालमा यो ब्रान्डलाई नरेश सारिया र रेखा सारियाले भित्र्याएका हुन्।
यो ब्रान्डको विशेषता भनेको १००% शुद्ध शाकाहारी र अण्डारहित आइटमहरू हुन्। लाइभ किचनको अवधारणा र स्थानीय रूपमा अनुकूल मेनु यसको अर्को विशेषता हो।
नेपालमा सस्तो, शाकाहारी र आधुनिक क्याफे संस्कृतिको बढ्दो मागलाई ध्यानमा राखेर सञ्चालनमा ल्याइएको यो केकरीका अन्य आउटलेटहरू खोल्ने तयारीमा सञ्चालकहरू रहेका छन्।
कुपण्डोलस्थित पहिलो स्टोरलाई मानसी अग्रवालले उद्घाटन गरेकी छिन्।
व्यवसाय प्रवर्द्धनमा निकै सफल मानिएकी मानसीले बेन्टो केकरीको नेपाल आउटलेट उद्घाटन गर्न पाउँदा खुसी अनुभूति भएको बताइन्।
उनले शुद्ध शाकाहारी र अण्डाविहीन मेनुले आफूलाई आकर्षित गरेको र हरेक सेलिब्रेशनमा यसका केकहरूको प्रयोग हुने विश्वास व्यक्त गरेकी छिन्।