0
Shares
सिंघम रिटर्न्स, प्रेम रतन धन पायो, दबंग ३ लगायतका फिल्ममा अभिनय गरेका बलिउड अभिनेता दिपराज राणा अब नेपाली फिल्म सुख दुःख मा देखिन लागेका छन्। सन् २००२ को साथिया बाट बलिउडमा डेब्यु गरेका राणाले स्व. श्रीकृष्ण श्रेष्ठको कोहिनूर मा पनि अभिनय गरेका थिए। लामो अन्तरालपछि उनी पुनः नेपाली फिल्ममा फर्कँदैछन्।
अभिनेत्री तथा निर्मात्री नीता ढुङ्गाना अधिकारीको निर्माण र निर्देशनमा बन्ने फिल्मको कथा सुनेपछि राणा भावुक बनेको निर्माण पक्षले जनाएको छ। फिल्ममा विपना थापा, मिथिला शर्मा र मदनकृष्ण श्रेष्ठको पनि अभिनय रहनेछ।
फिल्मको छायांकन आगामी फागुनदेखि सुरु हुनेछ भने दशैंको फूलपातीमा प्रदर्शनको तयारी छ। चर्चित भारतीय छायाँकार कवीरलाल र शाहिदलालको छायांकन रहने फिल्म उपत्यकाबाहिर एफडी कम्पनी र उपत्यकाभित्र रिच इन्टरटेन्मेन्टले वितरण गर्नेछन्।