‘मोहर’को व्यापारले उत्साहित बने पल, अष्टनारायणमा देखियाे यस्तो भिड

0 Shares

शुक्रबार रिलिज भएको फिल्म ‘मोहर’ले बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ। शुक्रबार औसत ओपनिङ पाएको फिल्मले शनिबार भने उल्लेखनीय वृद्धि देखायो। बिहानका शोजहरू औसत भए पनि मध्यान्हदेखि दर्शकको भीड बढ्दै गयो।

काठमाडौं मात्र होइन, मोफसलका हलहरूमा पनि बेलुकीसम्म उच्च चाप देखियो। नेपालगञ्जका केही हलहरूले हिन्दी फिल्मका शोज कटौती गर्दै ‘मोहर’का शोज थपेका थिए। पोखरा, बुटवल, चितवनमा समेत फिल्मको व्यापार सुखद रहेको छ।

शनिबार दिनभर निर्देशक ओम प्रतिक, नायक पल शाह, नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका हलहरूमा उपस्थित भएर दर्शकलाई अभिवादन गरे। काठमाडौंको अष्टनारायण हलमा ठूलो भीड देखियो। नायक पल शाहले दर्शकलाई धन्यवाद दिंदै, नायिकाद्धय बेनिशा हमाल र नीति शाहले उच्च साथ र सकारात्मक वर्ड अफ माउथले आफूहरू उत्साहित भएको बताए।

आइतबार पनि फिल्मले सुखद व्यापार गरिरहेको छ। काठमाडौं र मोफसलका हलहरूमा आइतबारको अकुपेन्सी पनि उच्च रहेको वितरक करण श्रेष्ठले जनाए। उनले ‘मोहर’ले केही महिनादेखि देखिएको नेपाली फिल्मको व्यापारीक खडेरी तोडेको बताए।

फिल्म मेकर्स प्रा.लिको व्यानरमा निर्माण भएको ‘मोहर’लाई चुम्बन जंग शाहीले लगानी गरेका हुन्। यसैबीच, नायक पल शाह आज पूर्वका विभिन्न हलमा दर्शक भेट्न पुगेका छन् भने नायिकाद्धय बेनिशा हमाल र नीति शाह काठमाडौंका हलहरूमा पुगिरहेका छन्। निर्माणपक्षले बलियो वर्ड अफ माउथका कारण आगामी दिनमा पनि दर्शकको साथ रहने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै