आशान्त शर्मा निर्देशित फिल्म ‘ताराहरू’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा सहरमा मध्यमवर्गीय परिवारले भोग्नुपर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ।
फिल्ममा निर्देशक आशान्त शर्मा र अभिनेत्री मेनुका प्रधान मुख्य भूमिकामा छन्। साथै, आभास अधिकारी, मिरा खड्का, कुन्दुन शाक्य, प्रभाकर न्यौपाने, राज पंगेनी शर्मा, प्रमोद यादव, अञ्जली शाह, पुस्कर गुरुङलगायत कलाकारको पनि अभिनय देख्न सकिन्छ।
यसअघि फिल्मका ‘ऐया नि हो’ र ‘जाम त भने कुन बाटो जाम त’ बोलका गीत र टिजर सार्वजनिक भइसकेका छन्। निर्देशक शर्माकै कथा रहेको यो फिल्म भदौ ६ गतेदेखि देशभर प्रदर्शन हुने तय भएको छ।
सरद महतोले छायांकन गरेको फिल्म विनोद पाण्डेको सम्पादनमा तयार भएको हो। वेज प्रा.लि.को प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्माता गोपिनी शेडाइँ र कृष्ण प्रसाद पंगेनी शर्मा हुन्। सह–निर्मातामा घनलक्ष्मी शाक्य, जगविजय पंगेनी शर्मा तथा युगविजय पंगेनी शर्मा रहेका छन्।