‘कश्यप’मा टिकटकर आभा ढुंगाना

0 Shares

फिल्म ‘कश्यप’मा लोकप्रिय टिकटक स्टार तथा इन्फ्लुएन्सर आभा ढुंगाना अभिनेत्रीका रूपमा अनुबन्धित भएकी छन्। निर्देशक दिनेश जी खड्काका अनुसार, कथाको आवश्यकता अनुसार नयाँ अनुहारलाई अवसर दिन खोजिएको हो र आभाको प्रतिभा तथा प्रदर्शनलाई ध्यानमा राखी स्क्रिन टेस्टमार्फत फाइनल गरिएको हो।

आभाले यसै फिल्मका लागि विशेष रूपमा एक्सन दृश्यको प्रशिक्षण लिइरहेकी छन्, जसले उनको भूमिकालाई अझ दमदार र यथार्थपरक बनाउने अपेक्षा गरिएको छ।

यसै फिल्ममार्फत बाल कलाकार रिद्धी खत्रीले पनि नेपाली रजतपटमा डेब्यु गर्न लागेकी छन्। अडिसनमार्फत चयन भएकी रिद्धीले धेरै प्रतिस्पर्धीलाई पछि पार्दै ‘कश्यप’को महत्वपूर्ण भूमिकामा अवसर पाएकी हुन्। उनको अभिनयले फिल्मलाई नयाँ आयाम दिने निर्माण पक्षको विश्वास छ।

आभा ढुंगानाले भनिन्, “फिल्मको कथा, गीत–संगीत र सम्पूर्ण पक्षलाई उत्कृष्ट बनाउन निर्माण टोलीले अत्यन्त मेहनत गरिरहेको छ। मलाई विश्वास छ, ‘कश्यप’ले दर्शकलाई मनोरञ्जन मात्र होइन, राम्रो सन्देश पनि दिनेछ।”

यसअघि निर्माण पक्षले एक्सन हिरो सविन श्रेष्ठलाई फिचर गर्दै फर्स्ट लुक पोस्टर सार्वजनिक गरिसकेको छ, जसले फिल्मप्रति दर्शकमाझ उत्सुकता र कौतुहलता बढाएको छ।

एक्सन, प्रेम र संगीतको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने लक्ष्यसहित ‘कश्यप’ पूर्ण रूपमा मनोरञ्जनात्मक फिल्म हुने बताइएको छ। चाँडै नै फिल्मको छायांकन सुरु हुने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै