क्याची मेलोडी र शब्दमा आयो विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’

0 Shares

चर्चित लोक तथा दोहोरी गायिका विष्णु माझीको नयाँ तीज गीत बुधबार बिहान युट्युबमा सार्वजनिक भएको छ। ‘म त नराउरी’ शीर्षकको यो गीत ‘पुतलीको भट्टी’ श्रृंखला अन्तर्गत २१औं भागको रूपमा बजारमा आएको हो।

हरेक वर्ष तीज नजिकिँदा विष्णु माझीका गीतहरूको उत्साहपूर्ण अपेक्षा गरिन्छ। यस वर्ष पनि विष्णु माझीको नयाँ तीज गीतमा उनका श्रीमान् सुन्दरमणि अधिकारीले शब्द र संगीत दिएका छन्।

सार्वजनिक गीतले छोरा र छोरीबीच भेदभाव गरेकी आमाप्रति छोरीले गरेको गुनासोको सेरोफेरोमा गीत रचिएको छ । गीतको मेलोडी र शब्दले श्रोताको मन जित्ने बलियो अपेक्षा यो गीतबाट गर्न सकिन्छ । टिकटकमा यसले राम्रै संख्यामा प्रयोगकर्तालाई आकर्षित गर्ने देखिन्छ ।

गत वर्ष केही कमजोर भयो भन्ने गुनासोलाई यो गीतले सम्बोधन गरेको देखिन्छ ।

भिडियोमा गत वर्षकै गीत ‘आइनँ आमा यो तीजमा’ की मोडल ललिता पौडेलले निरन्तरता दिएकी छन् भने ६० जनाको कोरस डान्सर टोली प्रस्तुत छ। भिडियोको कोरियोग्राफी मौसम हिमालीले गरेका हुन्। छायांकन शम्भु चालिसेले गरेका हुन् भने सम्पादन प्रविन भट्टले गरेका छन्।

सम्बन्धित समाचार

सबै