यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’ को छायांकन ३५ दिनमा सकिएको छ। चलचित्रको छायांकन काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा गरिएको थियो। हाल केवल एउटा गीतको छायांकन बाँकी छ।
“अब केवल एउटा गीत बाँकी छ। समय मिलाएर बाँकी गीत खिच्नेछौँ,” निर्देशक शेर्पाले बताएका छन्।
‘मिरमिरे’ माघ १ गते रिलिज हुँदैछ। केही दिनअघि निर्माण पक्षले नायिका सिर्जना निङलेखुको जन्मदिनको अवसरमा रिलिज मिति घोषणा गरेको थियो।
यार्सा फिल्म्सको प्रस्तुती रहेको चलचित्रमा मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, र सिर्जना निङलेखु छन्। अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, र भोलाराज सापकोटा छन्। बालकलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ, र नमनराज गजुरेल रहेका छन्।
चलचित्रको निर्देशन सँगै कथा पनि यम शेर्पा ले नै लेखेका छन्। छायांकन आलोक शुक्ला ले गरेका छन्।
चलचित्रका निर्माता हुन् निमु शेर्पा, छोङ्बा लामा शेर्पा, र आङ्छिरिङ शेर्पा, सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। लाइन प्रोड्युसर वीरेन्द्र शाही, कार्यकारी निर्माता भने रोहित कट्टेल, जो आरआर फिल्म्स का सञ्चालक समेत हुन्।
मुख्य सहायक निर्देशक सुदिप कुँवर, मेकअप सञ्जु थलाङ लिम्बू, र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।
चलचित्र ‘मिरमिरे’ को देशभर वितरण रोहित कट्टेल र रत्न श्रेष्ठ (आरआर फिल्म्स) ले गर्ने जिम्मेवारी लिएका छन्।