आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्ध, फागुन १५ बाट प्रदर्शन

0 Shares

 निर्देशक चन्द्र पन्तको निर्देशनमा बन्ने नयाँ नेपाली फिल्म ‘आ बाट आमा’ मा मोडल उषा उप्रेती अनुबन्धित भएकी छन्।

बुधबार उनलाई फिल्मको मुख्य भूमिकामध्ये एकका लागि अनुबन्ध गरिएको हो, तर उनको निभाउने भूमिका हाल सार्वजनिक गरिएको छैन।

यसअघि फिल्ममा अभिनेता पल शाह, अभिनेत्री सिमरन पन्त, विपना थापा, र दक्षिण भारतीय फिल्मका अभिनेता प्रदीप रावत अनुबन्ध भइसकेका छन्।

आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्मको छायांकन भदौदेखि सुरु हुने निर्माण टिमले जनाएको छ। अन्य कलाकार र प्राविधिक टिम पनि छिट्टै सार्वजनिक गरिने बताइएको छ।

फिल्मको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण पक्ष र आरआर फिल्म्सका प्रतिनिधि रोहित कट्टेल र रत्न श्रेष्ठबीच हालै सम्झौता भएको हो।

‘आ बाट आमा’ आगामी फागुन १५ बाट देशभर प्रदर्शनमा आउने तय भएको छ।

सम्बन्धित समाचार

सबै