‘राम नाम सत्य’को शुभमुहुर्त, चैत्र २७ मा रिलिज

0 Shares

माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘राम नाम सत्य’को आज शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गर्दै फिल्मको औपचारिक शुभमुहुर्त सम्पन्न भएको हो । फिल्मको छायांकन केही दिनमै काठमाडौंमा सुरु हुने भएको छ भने निर्माणपक्षले चितवनमा पनि छायांकन गर्ने जनाएको छ ।

माइकल चन्दको निर्देशनमा बन्ने यो फिल्मको प्रदर्शन मिति पनि घोषणा गरिएको छ । नयाँ वर्षको छेको पारेर फिल्मलाई चैत्र २७ गतेबाट रिलिजमा ल्याइने भएको हो । शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गरिएको छ । सार्वजनिक पोस्टरमा भट्ट एङ्ग्री अवतारमा देखिएका छन्, जसमा उनको एक्सन छवि स्पष्ट झल्किएको छ ।

‘राम नाम सत्य’मा विराज भट्टसँगै सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसी मुख्य भूमिकामा छन् । उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार हुन लागेको यस फिल्ममा किशोर भट्ट र डा. डी.आर. उपाध्याय कार्यकारी निर्माता छन् ।

फिल्मको कथा तथा पटकथा माइकल चन्दकै रहेको छ भने संजय लामाले डीओपीको जिम्मा लिएका छन् । श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ । निरज ठकुरी क्रियटिभ निर्देशक, नविन जंग शाही कास्टिङ निर्देशक, राजेन्द्र मोक्तान कलरिस्ट, विवेक बस्याल पोस्टर फोटोग्राफर र विजय बस्याल पोस्टर डिजाइनरका रूपमा रहेका छन् ।

मोती कार्की क्रियटिभ निर्माता, राजेन्द्र आचार्य लाइन प्रोड्युसर, अभिमन्यु निरवी र समय थापा स्क्रिप्ट कन्सलट्यान्ट, विदुसी थापा प्रोडक्सन डिजाइनर, तेज विक्रम केसी प्रोडक्सन म्यानेजर तथा संझना राइ मेकअप आर्टिस्टका रूपमा रहेका छन् ।

शुभसाइत कार्यक्रममा बोल्दै निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको फिल्म भनेका थिए । उनी बोल्दै गर्दा भावुक सुनिएका थिए । नायक विराज भट्टले भने, ‘१२ गाउँ’पछि यो फिल्ममा काम गर्न लागिएको र कथावस्तु पावरफूल रहेको बताए । त्यस्तै, नायक सुशिल श्रेष्ठले पनि कथावस्तु उत्कृष्ट रहेको बताउँदै सबैको साथको अपेक्षा व्यक्त गरे ।

सम्बन्धित समाचार

सबै