‘अभिमन्यु : च्याप्टर–१’को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक

0 Shares

फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ को नयाँ गीत ‘लड्की गोरी’ सार्वजनिक भएको छ। भोजपुरी लवजमा तयार गरिएको यस गीतमा शब्द, संगीत र स्वर प्रशान्त शिवाकोटी र प्रेरणा सिंहको रहेको छ। गीतको संगीत संयोजन विषम आचार्यले गरेका छन्।

भिडियोमा आइटम डान्समा जुना सुन्दास फिचर भएकी छिन् भने कोरियोग्राफी रोहन विश्वकर्माले गरेका छन्। यद्यपि गीत भोजपुरी लवजमा भए पनि भाषा भने नेपाली प्रयोग गरिएको छ। नृत्य, लय र शैलीले भोजपुरी गीतको झल्को दिन्छ। भिडियोमा युवायुवतीबीचको आकर्षण प्रस्तुत गरिएको छ।

फिल्मको कथावस्तु तराई क्षेत्रसँग जोडिएकाले त्यहाँ प्रचलित भोजपुरी शैलीलाई गीतमा प्रयोग गरिएको देखिन्छ। यो गीत डान्सिङ नम्बरमा रहेको छ।

‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते नेपालमा रिलिज हुँदैछ। हिन्दी भर्सन असोज ६ (सेप्टेम्बर २२) मा वर्ल्डवाइड रिलिज हुने निर्माण पक्षले जानकारी दिएको छ।

फिल्मले पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्कन संघर्ष गर्ने पात्रको कथा प्रस्तुत गर्नेछ।

पोस्ट–प्रोडक्सनमा रहेको यस फिल्ममा कामेश्वर चौरासिया, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, किरण श्रेष्ठ, प्रकाश दाहाल र सुष्मा निरौला मुख्य भूमिकामा छन्।

सेभेन सिज सिनेमाको प्रस्तुतिमा बनेको यो फिल्मलाई सुशान्त गौतमले निर्देशन गरेका छन्। यो उनको डेब्यु निर्देशन हो। पटकथा मुकेश खनालले लेखेका हुन् भने क्रिएटिभ निर्देशक मदन थापा रहेका छन्।

फिल्मका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन्। सह–निर्मातामा रमेश चौलागाई र हरि श्रेष्ठ छन् भने कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन्।

फिल्मका लाइन प्रोड्युसर जीवन शाक्य हुन्। भिएफएक्स मनोज श्रेष्ठ, कलर ग्रेडिङ सुप्रिम पराजुली, सम्पादन मदन घिमिरे र डीओपी शरद महतो रहेका छन्।

सम्बन्धित समाचार

सबै