‘नखरा’ले पायो दर्शकको साथ

0 Shares

गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वरमा तयार तीज गीत ‘नखरा’ ले युट्युबमा श्रोतादर्शकको उल्लेखनीय साथ पाएको छ। करिब दुई हप्ता अघि सार्वजनिक भएको यो गीतले छोटो समयमा नै सकारात्मक प्रतिक्रिया बटुल्दै लोकप्रियता हासिल गरेको छ।

गीतले पाएको सफलता मनाउन गायक आलेले राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी दर्शक, श्रोता तथा सहयोगीहरूलाई आभार व्यक्त गरेका छन्। सो अवसरमा गीत र भिडियोमा संलग्न कलाकार तथा प्राविधिकलाई मायाको चिनो प्रदान गरिएको थियो।

‘ढले ढले’ बोलको गीतबाट चर्चामा आएकी गायिका शान्तारानी परियार र सम्भावनाशील गायकका रूपमा स्थापित श्रीकृष्ण आलेको दमदार स्वरमा प्रस्तुत ‘नखरा’ मा रविन शाहको शब्द–संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ रहेको छ।

भिडियोमा मोडल जुना कार्की, रविन शाह र सरिताको आकर्षक अभिनय देख्न सकिन्छ। नाचगानको छमछमीसहितको यस गीतको कोरियोग्राफी र निर्देशन पनि रविन शाहकै रहेको छ। उनले तीजमा महिलाहरूको ‘नखरा’लाई रमाइलो ढंगले प्रस्तुत गरेका छन्। मोडल जुना र सरितालाई बोल्ड लुक्समा प्रस्तुत गर्दै हट अवतार र ड्रेसअपले भिडियोलाई थप आकर्षक बनाइएको छ।

राजेश घिमिरेको छायांकन र दीपक विष्टको सम्पादन तथा कलरिङले भिडियोलाई अझ आकर्षक बनाएको छ। ‘नखरा’ गीतको भिडियो गायक श्रीकृष्ण आलेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

सम्बन्धित समाचार

सबै