हेर्नुस् कस्तो बन्यो ‘पूर्ण बहादुरको सारङ्गी’ निर्देशकको नयाँ फिल्म ‘कोशेढुङ्गा’को ट्रेलर

0 Shares

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशक सुरज पौडेलको नयाँ सिनेमा ‘कोशेढुङ्गा’ले ट्रेलर रिलिज गरेको छ।

१२ गते रिलिज हुने सिनेमाले आज ३ मिनेट ४४ सेकेण्ड अवधिको ट्रेलर रिलिज गरेको हो।

सार्वजनिक ट्रेलरले फिल्म पारिवारिक जीवनका उकालीओरालीको सेरोफेरोमा घुमेको देखाएको छ।

फिल्म ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिक्देल, नीति शाह, प्रविण खतिवडा, ऋचा शर्मा, सरोज खनाल, विशाल पहाडी, लोकमणी सापकोटा, हिउँवाला गौतम, दिनेश काफ्ले, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटा, सविता रेग्मी, सविन कट्टेल, विकास खनाललगायत कलाकारको अभिनय रहेको छ।

महिलाप्रधान फिल्मको मुख्य भूमिकामा सुरक्षा पन्त छिन्।

नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्ममा प्रेविल कँडेल र किशोर अनुराग निर्माता छन्। कार्यकारी निर्मातामा दिनेश खड्का रहेका छन्।

बाबु श्रेष्ठको डीओपी रहेको फिल्ममा नहकुल खड्काको सम्पादन, आषिश अविरल र रिदम कँडेलको संगीत रहनेछ। फिल्मका कास्टिङ डिरेक्टर सुवलमणि सापकोटा हुन्।

‘पूर्ण बहादुरको सारङ्गी’का निर्देशकले निर्देशित भएकाले ‘कोशेढुङ्गा’ फिल्म प्रतिक्षित बनेको छ।

सरोजले निर्देशन गरेको ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड ५० लाखभन्दा बढी ग्रस कलेक्सन गरेको थियो। त्यसैले उनले निर्देशन गरेको यो फिल्म कस्तो हुनेछ भन्ने चासो धेरैमा छ।

यो फिल्म नेपालसँगै विश्व बजारमा एकसाथ प्रदर्शनमा आउने निर्माण पक्षले जनाएको छ।

सम्बन्धित समाचार

सबै