९० केजीकी हिरोइनको खोजी, आखिर किन र कसले खोजेको हो यस्ती हिरोइन?

0 Shares
प्रतिकात्मक तस्विर

फिल्मको रंगीन दुनियाँमा हिरोइन भनेपछि चिटिक्क र छरितो जिउडाल र आकर्षक अनुहार भनेर बुझिन्छ । तर कहिलेकाहीँ कथाका कारण यो मानकभन्दा फरक नायिकाको खोजी समेत हुने गर्छ ।

हाल एक नेपाली फिल्मका लागि परम्परागत मानक विपरीतकी हिरोइनको खोजी भइरहेको छ । यस्ती हिरोइनको खोजी निर्देशक दीपक ओलीले आफ्नो आगामी फिल्म ‘चुल्हे निम्तो’का लागि गरेका हुन् ।

मेरो पिक्चरसँग कुरा गर्दै ओलीले आफूले केजी नै तोकेर हिरोइन नखोजेको तर आफ्नो फिल्मका लागि प्लस साइजकी सुन्दर युवती खोजिरहेको स्वीकार गरे ।

‘९० केजी नै भनेर त तोकिएको छैन तर मेरो फिल्मका लागि प्लस साइज भएकी नायिका चाहिएको हो । हामीले २२–२३ वर्ष उमेरकी युवती खोजिरहेका छौं तर हालसम्म भनेजस्तो अनुहार भेटिएको छैन’, उनले भने ।

ओलीका अनुसार फिल्मको लिड भूमिकाकै लागि हिरोइन खोजिएको हो । यस्तै यसमा फिल्ममा पछि दुब्लो हुनुपर्ने सर्त यो पात्रका लागि नरहेको जानकारी समेत दिए ।

अन्य मुख्य कलाकारहरू फाइनल भइसके पनि निर्माण पक्षले सार्वजनिक गरेको छैन । यो फिल्मको छायांकन केही महिनामा सुरु हुनेछ ।

फिल्मले ग्रामीण सामाजिक परिवेशमा कमेडी शैलीमा कथा प्रस्तुत गर्नेछ । महेश दवाडी लिखित फिल्मको गोरखा, रोल्पा, पाल्पा र रसुवामा छायांकन हुने बताइएको छ ।

सम्बन्धित समाचार

सबै