‘मनैमा सानुमाया’ को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक

0 Shares

भिजुअल आर्ट्स स्टुडियो र टौवा स्टुडियोको सहकार्यमा निर्माण भएको गीत ‘मनैमा सानुमाया’को फिमेल भर्सन ‘हासी हासी लजाउने’ सार्वजनिक भएको छ।

टिकटकलगायत सामाजिक सञ्जालमा अत्यधिक रुचाइएको गीतप्रति दर्शक तथा श्रोतालाई देखिएको माया र मागपछि निर्माण टिमले गायिका समीक्षा अधिकारीको स्वरमा नयाँ भर्सन ल्याएको हो।

सार्वजनिक गीतमा समीक्षा अधिकारीको स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द रहेको छ। गीतको मूल संस्करण ‘मनैमा सानुमाया’ सार्वजनिक भएपछि यसको “हासी हासी लजाउने” अंश टिकटकमा भाइरल भएको थियो। यही लोकप्रियतालाई ध्यानमा राख्दै निर्माण पक्षले फिमेल भर्सन बनाउने निर्णय गरेको हो।

यसअघि ‘मनैमा सानुमाया’को भिडियोमा भुटानी नेपाली समुदायको सांस्कृतिक पृष्ठभूमिमा आधारित प्रेमकथामार्फत पहिचान, संघर्ष र प्रेमका गहिरा भावनाहरूलाई प्रस्तुत गरिएको थियो।

फिमेल भर्सन ‘हासी हासी लजाउने’को भिडियोमा चर्चित अभिनेत्री मिरुना मगर र दीपक रसाइलीको अभिनय देख्न सकिन्छ।

विवेक रसाइलीको लेखन तथा निर्देशनमा तयार भएको भिडियोमा नेपाली–भुटानी समुदायको सांस्कृतिक परिवेशमा उनीहरूको प्रेमकथालाई नयाँ दृष्टिकोणबाट प्रस्तुत गरिएको छ।

विजय बस्याल कार्यकारी निर्माता रहेका भिडियोमा रेजोन थापा मुख्य सहायक निर्देशक र उज्ज्वल जोशी छायाकार हुन्।

गीतको फिमेल भर्सनले पनि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ र युट्युबमा राम्रो भ्यूज बटुलिरहेको छ।

सम्बन्धित समाचार

सबै