नुर र विदुशीले जिते ‘मिष्टर एण्ड मिस इस्टपोल २०८२’को उपाधि

0 Shares

सिएस इन्टरटेनमेन्ट नेपालले इस्टपोल सेकेण्डरी स्कुलसँग सहकार्य गर्दै राजधानीमा आयोजना गरेको पहिलो संस्करणको ‘मिष्टर एण्ड मिस इस्टपोल २०८२’ को उपाधि मिष्टरतर्फ नुर दाहाल र मिसतर्फ विदुशी शाहले जितेका छन्। विजेताहरूले एक वर्षको छात्रवृत्तिसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन्।

प्रतियोगितामा मिस्टरतर्फ डेरियस महतो र मिसतर्फ छोंगी लामा फर्स्ट रनरअप, मिस्टरतर्फ ह्यान्सन लामा र मिसतर्फ बियांका रोशन पौडेल सेकेन्ड रनरअप घोषित भए। फर्स्ट रनरअपले ६ महिनाको छात्रवृत्ति र सेकेन्ड रनरअपले ३ महिनाको छात्रवृत्ति पाए।

त्यस्तै, मिस्टरतर्फ नमन्य लोप्चन र मिसतर्फ कृशा राउत ‘पब्लिक च्वाइस विनर’ तथा मिस्टरतर्फ डेसमण्ड घिसिङ र मिसतर्फ लछेन घिसिङ ‘भ्युअर्स च्वाइस विनर’ घोषित भए। पब्लिक च्वाइस विनर विजेताले १० हजार रुपैयाँ र भ्युअर्स च्वाइस विनरले ५ हजार रुपैयाँ प्राप्त गरे।

नेपालकी प्रथम नायिका भुवन चन्द प्रमुख निर्णायक रहेको प्रतियोगितामा मोटिभेसनल स्पिकर तथा साइकोलोजिकल काउन्सिलर अशोककुमार दाहाल, ‘मिस नेपाल २०२०’ नम्रता श्रेष्ठ, गायक लाक्पा शेर्पा, नेसनल चाइल्ड राइट्स काउन्सिलका अध्यक्ष बमबहादुर बानियाँ, लेखक तथा उपन्यासकार भीष्मराज फुलारा र पत्रकार तथा कराँतेको राष्ट्रिय रेफ्री करन तामाङ निर्णायक थिए।

कार्यक्रममा नेपाल प्रहरीका एआईजी टेकबहादुर तामाङ, टेलिफिल्म लेखक तथा निर्देशक दिवाकर भण्डारी ‘बिचारी काका’ र न्यू लाइफ नेपालका संस्थापक अध्यक्ष राजेन्द्रकुमार खनाललाई सम्मान गरिएको थियो।

प्रतियोगिता संयोजक कलाकार छिरिङ शेर्पाले विद्यार्थीहरूको व्यक्तित्व विकास, आत्मविश्वास वृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने अवसर सिर्जना गर्न प्रतियोगिता आयोजना गरिएको बताइन्।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभाका सदस्य बिष्णु पुडासैनीले यस्ता कार्यक्रमहरूले नयाँ पुस्तामा सकारात्मक सोच जगाउने मात्र नभई उनीहरूलाई सफल भविष्यतर्फ अघि बढ्न मार्गदर्शन गर्ने शक्ति दिने बताए।

सम्बन्धित समाचार

सबै