चलचित्र ‘शिवांश : च्याप्टर–१’ आउँदो कात्तिक २७ गते रिलिज हुने भएको छ। निर्माणपक्षले पोस्टर सार्वजनिक गर्दै आधिकारिक रिलिज मिति घोषणा गरेको हो।
कैलाश पर्वतमा शिव र उनको वाहन साँढेको अंकित पोस्टर सार्वजनिक गर्दै रिलिज मिति तय गरिएको छ। पोस्टरमा जटाधारी शिव कैलाश पर्वततर्फ उक्लिँदै गरेका छन् र साँढेको निधारमा त्रिशूल देखाइएको छ। यसको अर्थ र चलचित्रसँगको सम्बन्धबारे निर्माणपक्षले विशेष जानकारी दिएको छैन।
पोखरा आसपासमा छायांकन भएको ‘शिवांश’ हाल पोस्ट–प्रोडक्सनमा छ। अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका हुन्। यो उनका लागि डेब्यु निर्देशकीय फिल्म हो। निर्मातामा अञ्जान केसी रहेका छन्।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी, र रुषा न्यौपा प्रमुख भूमिकामा छन्। विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलाल लगायतका कलाकारले पनि अभिनय गरेका छन्।
कथा निर्माता अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको हो। सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्।
सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। कार्यकारी निर्माता सम्भू थापा हुन्। डीओपी सरद महतोको छ। गीतरचना विप्लव प्रतीक र राजनराज शिवाकोटीले गरेका छन्। संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको छ। गीतमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर सुन्न पाइन्छ।
द्वन्द्व निर्देशन मिलन श्रेष्ठको, कोरियोग्राफी विक्रम चोहानको, भीएफएक्स निर्देशक विराज खड्का, भीएफएक्स प्रोडुसर आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुन्। मुख्य सहायक निर्देशक बारत लिम्बू, आर्ट डिरेक्टर/प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, प्रोडक्सन म्यानेजर मिलन मानन्धर, कस्ट्युम कमल मिश्र, मेकअप तुलसा लिम्बू, पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका छन्।
पोस्ट–प्रोडक्सन चौतारीले गरेको छ भने डिजिटल वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ।