सनिशा र आशिर्वाद अभिनित ‘भो नबोलाउ मलाई’को म्युजिक भिडियो सार्वजनिक

0 Shares

सनिशा भट्टराई र आशिर्वाद क्षेत्री अभिनित ‘भो नबोलाउ मलाई’ गीतको भिडियो सार्वजनिक भएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा भिडियो रिलिज गरिएको हो।

गीतको भिडियो सार्वजनिक गर्दै मदनकृष्णले गीत निकै राम्रो लागेको बताए। उनले यस गीतका गायक तथा संगीतकार सफल शेरचनको स्वर, शब्द र संगीतको तारिफ गरे। यो गीतलाई स्रोता तथा दर्शकले मन पराउने विश्वास व्यक्त गर्दै उनले निर्माण टिमलाई बधाई दिए। गीतको एरेन्ज बाबुल गिरीले गरेका छन्। पछिल्लो समयका चर्चित गायक तथा संगीतकार समेत रहेका बाबुल गिरीले यस गीतमा मिठो एरेन्ज गरेका छन्।

दिपा शाक्य श्रेष्ठको निर्देशनमा तयार गरिएको यस गीतको भिडियोमा सनिशा र आशिर्वादको केमेस्ट्री राम्रो देखिन्छ। गीतको भिडियो रिलिज कार्यक्रममा उपस्थित भएकी सनिशाले अभिनेता क्षेत्रीको खुबै तारिफ गरिन्। उनले भनिन्, ‘एकदमै राम्रो हुनुहुन्छ। एक्टिङ पनि राम्रो गर्नुहुन्छ। मैले उहाँको फिल्म पनि हेरेकी छु। भविष्यमा उहाँसँग अझ धेरै काम गर्न मन छ।’

गीतलाई राजेश शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन् भने भिडियोमा मेकअप दिपा पौडेलले गरेकी छिन्। प्रोडक्सन म्यानेजर दिपेन गौतम ‘माइकल’ हुन् भने छायांकन उत्तम हुमागाईंले गरेका हुन्। त्यसैगरी, भिडियोको रंग संयोजन प्रकाश मानन्धरले गरेका छन्।

यस गीतलाई निर्माण पक्षले छिट्टै स्पोटिफाइ, टिकटक, रिसो, एप्पल म्युजिक, जिओ सावन र अमेजन प्राइम म्युजिकमा पनि रिलिज गर्ने जानकारी दिएको छ।

एसएस प्रोडक्सन लण्डनको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतको भिडियो एसएस प्रोडक्सन लण्डनले नै निर्माण गरेको हो।

सम्बन्धित समाचार

सबै