0
Shares
निर्देशक मिलन आले मगरको निर्देशनमा ‘पूरा भयो सपना मेरो’ नामक फिल्म बन्ने भएको छ। सामाजिक प्रेमकथानक फिल्मको छायांकन दशैंलगत्तै सुरु गरिने बताइएको छ।
रोशिका फिल्म्सको प्रस्तुति रहने यस फिल्मका कलाकार र प्राविधिक टिमबारे केही दिनमै जानकारी दिइने निर्देशक आले मगरले बताएका छन्। एकराज थापा निर्माता रहेको फिल्मको कथा पनि उनले नै लेखेका हुन्।
यसअघि ‘लक्ष्य’, ‘सत्या’, ‘हिँड्दा हिँड्दै’ लगायतका फिल्म निर्देशन गरिसकेका निर्देशक आले मगरले ‘पूरा भयो सपना मेरो’ भरपूर मनोरञ्जन दिने विश्वास व्यक्त गरेका छन्।