‘झरीपछि को इन्द्रेणी’बाट ब्लकबस्टर ‘ऐला लुवया’गीतका रोजमनको पार्श्व गायनमा डेब्यू

0 Shares

नेवारी स्टार गायक रोजमन महर्जनले पहिलोपटक नेपाली फिल्ममा गीत गाएका छन्। अर्जुन घिमिरेको निर्देशनमा तयार भइरहेको बहुचर्चित चलचित्र *‘झरीपछि को इन्द्रेणी’*को गीत ‘धन्य धन्य लोकेश्वर’ हालै रेकर्ड गरिएको हो।

नेवारी गीत ‘ऐला लुवया’, ‘सालगु गाचा’ बाट चर्चित रोजमन महर्जन र गायिका रत्न शोभा महर्जनको सुमधुर स्वरमा सजिएको यस गीतले नेपाली भक्ति संगीतमा नयाँ स्वाद थपेको छ।

गीतको संगीत संयोजन सुरेन्द्र श्रेष्ठले गरेका हुन्। बाँसुरीमा रुबिन श्रेष्ठ, खिन/मादलमा लक्ष्मी डंगोल, सितारमा राजीव श्रेष्ठ, र गिटारमा पुनः सुरेन्द्र श्रेष्ठकै प्रस्तुति रहेको छ। गीतको मिक्सिङ र मास्टरिङ पनि सुरेन्द्र श्रेष्ठकै रहेको छ भने रेकर्डिङ सुर मेलोडी स्टुडियोमा गरिएको हो।

निर्देशक अर्जुन घिमिरेका अनुसार *‘धन्य धन्य लोकेश्वर’*ले नेपाली मौलिक बाजा, भक्ति भावना र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै चलचित्रमा भावनात्मक गहिराइ थपेको छ।

यस फिल्ममा बालेनको एउटा विशेष गीत पनि समावेश गरिएको छ, जसले युवापुस्तामाझ उत्साह थप्ने अपेक्षा गरिएको छ। त्यस्तै, लोकप्रिय गायिका समीक्षा अधिकारीको स्वरमा रहेको अर्को गीत पनि समावेश छ, जसले चलचित्रको संगीत पक्षलाई अझ बलियो बनाएको छ।

सामाजिक सन्देश, आध्यात्मिक दृष्टिकोण र सांगीतिक समृद्धिको संयोजन भएको यस चलचित्रप्रति देश–विदेशमा चासो बढिरहेको छ। निर्माण पक्षका अनुसार, फिल्मको अस्ट्रेलियाली वितरण अधिकार (Australian Rights) पहिले नै बिक्री भइसकेको छ।

सम्बन्धित समाचार

सबै