नेपालकै पहिलो विलासी दोहोरी रेष्टुरेन्ट रोयल नेपाल रोधी क्लबले आफ्नो प्रथम वार्षिकोत्सव लाजिम्पाटमा भदौ १८ गतेदेखि २२ गतेसम्म मनाउने भएको छ।
पाँच दिनसम्म चल्ने यस उत्सवमा दोहोरी तथा लोक–संगीतका लाइभ प्रस्तुति, सांस्कृतिक नृत्य, हास्य–व्यंग्य कार्यक्रम, चर्चित अतिथि कलाकारहरूको विशेष प्रस्तुति, रोमाञ्चक लकी ड्र, आकर्षक पुरस्कार वितरण र लेट–नाइट डीजे सेसन हुनेछन्। कार्यक्रममा राजु परियार, ज्योति मगर, पशुपति शर्मा, रोज मोक्तान, फूलकुमार बम्जन, सुनिल क्षेत्री, करिस्मा शाही, सञ्चिता बलाखे लगायतका कलाकारहरूले प्रस्तुति दिनेछन्।
समारोहको उद्घाटन संविधान सभा सदस्य, नेपाली कांग्रेस काभ्रे जिल्ला सभापति, पूर्व मन्त्री तथा बागमती प्रदेश सदस्य तीर्थ लामाले गर्ने तय भएको छ।
गत एक वर्षको उपलब्धि र अनुभवलाई स्मरण गर्दै, रोयल नेपाल रोधी क्लबले यस वार्षिकोत्सवलाई नेपाली कला, संस्कृति र आधुनिक आतिथ्यको विलासी संगमका रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ। क्लबले आगामी दिनमा अझ गुणस्तरीय सेवा, स्वादिष्ट तथा स्वास्थ्यप्रद भोजन, प्रीमियम पेय पदार्थ र आकर्षक सांगीतिक/सांस्कृतिक प्रस्तुतिमार्फत पाहुनालाई उत्कृष्ट अनुभव दिने प्रतिबद्धता जनाएको छ।
क्लबका प्रबन्ध निर्देशक सुनील छेवाङ लामाका अनुसार, रोयल नेपाल रोधी क्लबले आफूलाई केवल रेष्टुरेन्ट मात्र नभई संगीत, संस्कृति र आतिथ्यताको जीवन्त केन्द्रको रूपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्य लिएको छ। यस अवसरमा क्लबले २० प्रतिशत विशेष छुट प्रदान गर्ने योजना पनि बनाएको छ।
