‘चिट्ठी’को प्रदर्शन स्थगित, निर्देशक भन्छन् – कतिपयले शो दिएनन्, दिएकाले अफटाइम दिए

0 Shares

कुवेर सिने डिष्ट्रिब्युसनद्वारा वितरण हुने चलचित्र चिट्ठीको प्रदर्शन अस्थायी रूपमा स्थगित गरिएको छ। निर्देशक माधव राज खरेलले जानकारी दिँदै चलचित्रको निर्धारित शोहरू समयमा प्राप्त नभएका कारण र कतिपय हलहरूले शो वा समय दिइन नसकेकोले यस्तो निर्णय लिनुपरेको बताए।

निर्देशक खरेलले भने, “हामी सबै कलाकार, प्राविधिक र निर्माता–निर्देशकको टिमले दिनरात खटेर चलचित्रलाई दर्शकसम्म पुर्‍याउने सपना बोकेका थियौं। तर, यथार्थपरक परिस्थितिले त्यो सपना केही समयका लागि रोकिएको मात्र हो।”

उहाँले दर्शकहरूलाई आश्वस्त पार्दै भने, “धेरै दर्शकले चिट्ठी हेर्ने उत्साह देखाउनुभएको थियो। तपाईंहरूको माया र साथले हामीलाई बलियो बनाएको छ। आगामी दिनमा नयाँ मितिसहित अझ प्रभावकारी रूपमा प्रदर्शनमा ल्याउनेछौं।”

निर्देशक खरेलले चलचित्रको प्रदर्शनमा ढिलाइ भएको कारणप्रति दर्शकहरूसँग क्षमा पनि मागेका छन्।

सम्बन्धित समाचार

सबै