अमेरिकाका ८० पर्दामा ‘हरिबहादुरको जुत्ता’ रिलिज हुने,नयाँ कम्पनीले गर्दैछ वितरण

0 Shares

नेपाली फिल्म ‘हरिबहादुरको जुत्ता’ अमेरिकामा रिलिज हुने भएको छ। यससँगै आहान पौडेल फिल्म वितरण क्षेत्रमा डेब्यू गर्नेछन्। उनी लामो समयदेखि वितरण क्षेत्रमा सक्रिय वितरक उज्वल पौडेलका छोरा हुन्।

आहानले सञ्चालन गरेको चलचित्र इन्टरटेनमेन्ट एलएलसीमार्फत फिल्म अमेरिकाका ८० पर्दामा प्रदर्शन हुने जनाइएको छ। टेक्सास, न्यूयोर्क, ओहायो, पेन्सिलभेनिया, कनेक्टिकट, न्यू ह्याम्सायर, मासाचुसेट्स, नेब्रास्का, जर्जिया, मिजौरी, विस्कन्सिन, नर्थ डकोटा, मिनेसोटा, आयोवा, मेरिल्याण्ड, वासिङ्टन डीसी, भर्जिनिया र उटाहलगायत राज्यमा फिल्म लाग्नेछ।

फिल्म सिनेमार्क, सिनेपोलिस, रेगल सिनेमाज, मार्कस सिनेमाज र एप्पल सिनेमाजजस्ता चेनमा पनि प्रदर्शन हुने तयारी छ। आहानले अमेरिकामा फिल्म रिलिजको तयारी भइरहेको बताएका छन्।

यस फिल्मको अमेरिकन वितरणमा सहयोग गर्न उज्वल पौडेल स्वयं अमेरिकातर्फ प्रस्थान गर्ने भएका छन्। नेपालमा भने ‘हरिबहादुरको जुत्ता’ असोज १३ गते (दशैंको फूलपाती) देखि प्रदर्शनमा आउने तयारी छ।

फिल्मलाई दिपेन्द्र के. खनालले निर्देशन गरेका हुन्। सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेको फिल्ममा हरिवंश आचार्य शीर्ष भूमिकामा छन्।

सम्बन्धित समाचार

सबै