९८औं ओस्कार अवार्डमा नेपालको तर्फबाट ‘अञ्जिला’ सिफारिस

0 Shares

सन् २०२६ मा हुने ९८औं एकेडेमी अवार्ड (ओस्कार अवार्ड) को अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालबाट ‘अञ्जिला’ सिफारिस भएको छ।

द एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एन्ड साइन्सेस (द ओस्कार) अन्तर्राष्ट्रिय फिचर फिल्म छनोट समिति (नेपाल)ले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यसबारे जानकारी गराएको हो।

समितिका अध्यक्ष विमल पौडेलले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार, यस वर्ष ओस्कारमा प्रतिस्पर्धाका लागि दुई नेपाली कथानक फिल्म — ‘गुन्यु चोलो : द ड्रेस’ र ‘अञ्जिला’ प्राप्त भएका थिए।

दुवै फिल्मको गहन मूल्याङ्कनपछि प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक अभिव्यक्ति, र कलात्मक शिल्पलाई आधार मानेर ‘अञ्जिला’लाई छनोट गरिएको हो।

यससँगै ‘अञ्जिला’ अब ९८औं ओस्कार अवार्डमा अन्तर्राष्ट्रिय फिचर फिल्म विधामा नेपालको आधिकारिक प्रवेशका रूपमा प्रस्तुत हुनेछ।

सम्बन्धित समाचार

सबै