`माइतीघर´को ट्रेलर सार्वजनिक, उपासना पाउने दौडमा प्रकाश र धीरज

0 Shares

दशैंको फूलपातीको अवसर पारेर असोज १३ गतेदेखि रिलिज हुने फिल्म ‘माइतीघर’को ट्रेलर सार्वजनिक गरिएको छ।

आज सार्वजनिक गरिएको ट्रेलरमा कमेडी, प्रेम, विछोड र संस्कृतिको मिश्रण प्रस्तुत गरिएको छ। ट्रेलर शक्तिशाली देखिएको छ।

पारिवारिक कथामा बनेको यस फिल्मलाई मिलन तामाङले निर्देशन गरेका छन्। फिल्ममा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, बुद्धि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारहरूको अभिनय छ।

रविन शेरचन र धिरज तामाङको लगानीमा बनेको यस फिल्ममा ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेका छन्। रामशरण पाठकद्वारा लेखिएको फिल्ममा सुशन प्रजापतिको छायांकन (DOP) र सुरेन्द्र पौडेलको सम्पादन छ। फिल्मका सह–सम्पादक अंकित तिवारी हुन्।

रोहित अधिकारी फिल्म्स प्रा.लि.को व्यानरमा निर्माण भएको ‘माइतीघर’को ट्रेलरमा कलाकार केदार प्रसाद घिमिरेको कमेडी बलियो देखिएको छ। साथै, फिल्मले तामाङ संस्कृतिलाई पनि प्रस्ट र प्रभावशाली रूपमा प्रस्तुत गरेको छ।

स्वर्गीय जयदेवको संगीत रहेको फिल्ममा कविराज गहतराज र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर कट, र अष्ट महर्जनको एक्सन निर्देशन छ।

दशैंको समयमा पारिवारिक कथा बढी आकर्षक हुने भएकाले, ट्रेलर सार्वजनिक भएसँगै यो फिल्म अझ प्रतिक्षित बन्न पुगेको छ। फिल्मको शीर्ष गीतले दर्शकको मन पहिले नै जितिसकेको छ।

सम्बन्धित समाचार

सबै