किरणकाे ‘महादशा’मा निरुता र उत्तम भए पक्का

0 Shares

नेपाली फिल्म ‘महादशा’ ले आफ्ना मुख्य कलाकारको रूपमा लोकप्रिय अभिनेता उत्तम प्रधान र चर्चित नायिका निरुता सिंहलाई अनुबन्ध गरेको छ। निर्माण पक्षले दुवै कलाकारलाई स्वागत गरेको छ।

उत्तम प्रधान र निरुता सिंहजस्ता स्थापित कलाकारहरूको सहभागिताले फिल्म उद्योगमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ। पछिल्ला वर्षहरूमा उतार–चढाव भोगिरहेको नेपाली फिल्म उद्योगमा यस्ता ठूला नाम र अनुभवी कलाकारहरूको आगमनले दर्शकलाई पुनः हलसम्म तान्ने विश्वास गरिएको छ।

किरण नेपालीको निर्देशनमा बन्ने यस फिल्ममा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण अवस्थाहरूलाई चित्रण गरिने बताइएको छ। कलाकार घोषणा भएसँगै फिल्मप्रति दर्शकको उत्सुकता अझै बढेको छ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने यस फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ। मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के. शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन् भने सुरज आचार्य कार्यकारी निर्माता रहेका छन्।

सम्बन्धित समाचार

सबै