
बडादसैँको फूलपातीमा प्रदर्शनमा आउन लागेको नेपाली फिल्म बलिदान को ट्रेलरले युट्युबमा धमाका मच्चाएको छ। शुक्रबार सार्वजनिक भएको केही घण्टामै यो नेपाल ट्रेन्डिङको पहिलो स्थानमा पुगेको छ भने नेपाली बसोबास भएका विभिन्न मुलुकहरूमा पनि ट्रेन्डिङमा परेको छ।
शक्तिशाली संवाद, तीव्र एक्सन दृश्य र भावनात्मक प्रस्तुतीकरणले ट्रेलरले दर्शकको उत्सुकता बढाएको छ। विशेषगरी समीर भट्ट, ऋचा शर्मा, सौगात मल्ल र अर्पण थापाको फरक अवतारले दर्शकलाई आकर्षित गरेको देखिन्छ।
भावनात्मक सुरुवातदेखि समीर भट्टको दमदार संवाद र एक्सन, सौगात मल्लसँगको द्वन्द्व तथा अन्य पात्रहरूको प्रस्तुतीले फिल्म रोचक हुने संकेत दिएको छ। छायाङ्कन, संवाद र ब्याकग्राउन्ड स्कोरको संयोजनले ट्रेलरलाई प्रभावकारी बनाएको छ।
निर्देशक सन्तोष सेनले बलिदान लाई केवल फिल्म नभई प्रत्येक नेपालीको विद्रोहको प्रतीक भएको भन्दै दर्शकका लागि अझ विशेष रहेको टिप्पणी गर्नुभएको छ। यसअघि नै सार्वजनिक भएको शीर्षक गीत यो ज्यान बलिदान चर्चामा रहिसकेको छ।
https://charts.youtube.com/charts/TrendingTrailers/NP