‘डल्लेले इन्ट्री मार्यो’ मा रोशनीको इन्ट्री

0 Shares

 फिल्म ‘डल्लेले इन्ट्री मार्यो’ को प्रमुख भूमिकामा मोडल तथा थिएटर कलाकार रोशनी खड्का फाइनल भएकी छिन्।

राजु गिरीको निर्देशनमा बन्ने फिल्म टिमले रोशनीलाई घटस्थापनाको दिन अनुबन्ध गरेको हो।

मिस नेपाल २०२५ मा अडिसन दिएको भिडियो क्लिप सार्वजनिक भएपछि चर्चामा आएकी रोशनीलाई यस फिल्ममा चर्चित हास्य अभिनेता सागर लम्साल (बले) को जोडीका रूपमा देख्न पाइनेछ।

लक्ष्मण सुवेदीको लेखन रहेको फिल्ममा सागर र रोशनीसँगै रमेश बुढाथोकी, रबिन्द्र झा, ध्रुव कोइराला, सुभाष गजुरेल लगायतका कलाकारले अभिनय गर्ने तय भइसकेको छ।

श्याम तामाङको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन, अनि अर्जुन पोखरेल, बाबुल गिरी र रिमेशकुमार थापाको संगीत रहेको फिल्म चितवन र काठमाडौंमा छायांकन हुने निर्देशक गिरीले जानकारी दिएका छन्।

सामाजिक कथानक र हास्य प्रधान फिल्म उषा फिल्म्स को ब्यानरमा निर्माण हुँदैछ। फिल्मको सुटिङ दशैंको तुरुन्तै पछि सुरु हुने छ।

सम्बन्धित समाचार

सबै