राजेश हमालको पुस्तक ‘युगदेखि युगसम्म’ असोज २५ देखि बजारमा

0 Shares

अभिनेता राजेश हमालको जीवन, फिल्म करिअर र व्यक्तिगत आयाम समेटिएको पुस्तक ‘युगदेखि युगसम्म’ यही असोज २५ गतेदेखि बजारमा आउने भएको छ ।

दशैंको उपहारस्वरूप भदौमै पुस्तक सार्वजनिक गर्ने तयारी गरिएको थियो । तर पछिल्लो राजनीतिक घटनाक्रमका कारण सार्वजनिक मिति सारिएको हो । यसअघि हमालको जन्मदिनको अवसरमा पुस्तकको आवरण अनावरण गरिसकिएको थियो ।

फाइनप्रिन्टका नीरज भारीले भने, “बहुप्रतीक्षित तथा महत्वाकांक्षी साहित्यिक घटनामध्ये एक, हमालको पुस्तक ‘युगदेखि युगसम्म’ सार्वजनिक मिति घोषणा गर्न पाउँदा हामी हर्षित छौं । यस पुस्तकमा लामो समयदेखि काम भइरहेको थियो, यसपालि पाठकलाई विशेष कोसेली दिने हाम्रो उद्देश्य छ । प्रकाशन यात्रामा यो पुस्तक हाम्रो लागि महत्वपूर्ण अर्थ बोकेको छ ।”

हमालको ३५ वर्ष लामो फिल्म करिअर, अहिलेसम्म सार्वजनिक नभएको उनको व्यक्तिगत जीवन, परिवार, समाज र अन्य विविध विषयलाई पुस्तकमा समेटिएको छ । लेखक तथा पत्रकार यज्ञशसँगको सहकार्यमा पुस्तक तयार पारिएको प्रकाशक फाइनप्रिन्टले जनाएको छ ।

सम्बन्धित समाचार

सबै