‘गोर्खा : बिनिथ द ब्रेभरी’ स्पेनिस डब पनि अमेजन प्राइममा

0 Shares

गत वर्ष प्रदर्शनमा आएको प्रदीप शाही निर्देशित सिनेमा ‘गोर्खा : बिनिथ द ब्रेभरी’ स्पेनिस डब अमेजन प्राइममा रिलिज हुने भएको छ ।

सिनेमा ‘१९१५ लेजेन्ड अफ गोर्खाज’ को नामबाट अमेजन प्राइमबाट ९० देशमा रिलिज हुन लागेको हो । यो सिनेमा अंग्रेजी भाषामा यसअघि अमेरिका युके, अस्ट्रेलिया, दक्षिण कोरिया, तालिबान र जापानमा रिलिज भइसकेको छ ।

सिनेमा पहिलोपटक भिक्टोरिया क्रस पाएका ब्रिटिस गोर्खाका कुलवीर थापाको वास्तविक कथामा आधारित छ । सिनेमामा गोर्खालीको त्याग, करुणा र मित्रताको कथा देखाइएको छ । सिनेमाको पुरै छायाङ्कन बेलायतमा गरिएको हो ।

२५ सेप्टेम्बर १९१५ मा ब्रिटिस सेनाहरूले लुस, फ्रान्समा ठुलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्विन अलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए । उनकै कथालाई यो सिनेमामा देखाइएको थियो । यतिबेला २६ सेप्टेम्बरदेखि थापा पीडितहरूको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो ।

शाई प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा समीर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाही लगायतको अभिनय छ । प्रदीप शाहीको निर्देशनमा बनेको ‘गोर्खा : बिनिथ द ब्रेभरी’,’अन्तीम संस्कार’ प्रदर्शनमा आइ सकेको छ   । लामो समय देखि बेलायतमा बस्दै आएका प्रदीप शाही अन्तराष्ट्रिय स्तरमा नेपाली सिनेमाको बजार खोजीमा सक्रिय रुपमा लागि परि रहेका छन्।

शाहीकै निर्देशनमा बनेको चलचित्र ‘एक्लो’ को छायांकन सकेर पोस्ट प्रोडक्सनमा रहेको कार्यकारी निर्माता कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले जानकारी दिए । चलचित्र ‘एक्लो’ मा प्रदीप खड्का, बेनिसा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एवन राज उप्रेति ,कविता नेपाली , त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, बाल कलाकार जेभिन श्रेष्ठ र स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

सबै